अ-
अ+
डाउनलोड एप
Back
सुश्री जुना कुमारी दानी
प्रदेश सभा सदस्य

समनुपातिक
बाजुरा,

नेपाली काँग्रेस
नाम सुश्री जुना कुमारी दानी
Name Juna Kumari Dani
इमेल [email protected]
मोबाइल नं. ९८४९४२०६०४
जन्म मिति २०३९/०६/१८
जन्म स्थान बडिमालिका न.पा. वडा नं. १, बाजुरा
स्थाई ठेगाना बडिमालिका न.पा. वडा नं. १, बाजुरा, बाजुरा
अस्थायी ठेगाना सन्तोषि टोल, कैलाली
बुवाको नाम दलु दानी
आमाको नाम हिरा देवी दानी
पति/पत्निको नाम अविवाहित
शिक्षा स्नातकोत्तर
धर्म अन्य
मातृभाषा नेपाली

राजनीतिक सक्रियता

  • वि.सं.२०५४ देखि वि.सं. २०५६ सम्म ने.वि.संघको इकाई कमिटि सचिव,
  • वि.सं.२०५६ देखि वि.सं. २०५९ सम्म महिला जागृति कार्यक्रमको जिल्ला सदस्य,
  • वि.सं.२०६१ देखि वि.सं. २०७१ सम्म नेपाल महिला संघ जिल्ला कार्यसमिति बाजुराको सभापति,
  • वि.सं.२०६४ देखि वि.सं. २०६७ सम्म नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य,
  • वि.सं. २०६४ र वि.सं. २०७० मा संविधान सभा सदस्यको समानुपातिक उम्मेद्‍वार,
  • वि.सं.२०६७ देखि हालसम्म नेपाली काङ्ग्रेस बाजुरा जिल्ला महासमिति सदस्य,
  • वि.सं. २०७३ सालदेखि हालसम्म नेपाल महिला संघको केन्द्रिय सदस्य,
  • ६२/६३ को जनआन्दोलनमा महिला अगुवाई तथा घाईते ।

विगतको पेशा:

महिला अधिकारको क्षेत्रमा काम गरेको, सामाजिक क्षेत्रको अगुवा भई महिला लाई राजनीति क्षेत्रमा अगाडी बढाउन अग्रसर भुमिकामा रहि काम गरेको, गैर सरकारी संस्था केन्द्रिय विभागको सदस्य तथा समाजका महिला लाई नेतृत्व सिप विकास गराउन अगुवा भई काम गरेको।


विदेश भ्रमण:

मित्र राष्ट्र चिन, भारत र जापान


अन्य:

बाजुरा जिल्लामा महिलाले नेतृत्व गरेको संस्था स्थापना गरी बाजुरा जिल्ला सबै बर्ग क्षेत्र र समुदायमा कार्य गरेको,महिला बचत सहकारी संस्था स्थापना गरी अन्य महिला लाई अगुवा बनाई निरन्तर सहयोग गरेको।


नेतृत्वमा रहदाँ योगदान गर्न चाहेको मुख्य क्षेत्र र रुचि:

महिलाहरुको नेतृत्व सिप विकासमा जोड दिने र समाजमा भई रहेको सामाजिक कुसंस्कारको अन्त्य गर्न हरेक क्षेत्रमा अभियन्ताको भुमिका निर्वाह गर्दै सामाजिक क्षेत्रको विकास र समृद्धिमा टेवा पुर्याउने ।


जनताले कुन रुपमा चिन्ने गर्दछन:

सामाजिक सेवामा निस्वार्थ ढंगले लाग्ने एक साधारण, असल र सकारात्मक सोचको महिला नेतृको रुपमा चिन्ने गर्दछन।



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain