अ-
अ+
डाउनलोड एप
Back
मेघराज खड्का
प्रदेश सभा सदस्य

प्रत्यक्ष
अछाम, १ (१ )

नेपाली काँग्रेस
नाम मेघराज खड्का
Name MeghRaj Khadka
इमेल [email protected]
मोबाइल नं. ९८५११८८६११
जन्म मिति २०२२/०६/१०
जन्म स्थान चौरपाटी -५ लुंग्रा,अछाम
स्थाई ठेगाना चौरपाटी -५ लुंग्रा,अछाम, अछाम
अस्थायी ठेगाना धनगढी -१ कैलाली, कैलाली
बुवाको नाम मोहन सिंह खड्का
आमाको नाम पदमा देवी खड्का
पति/पत्निको नाम योगा जोशी
सन्तान २ छोरा
शिक्षा एम.ए (राजनीतिशास्त्र)
मातृभाषा नेपाली

२०३६ सालको जनमत संग्रह पछि माध्यामिक तहमा पढदा वहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा संलग्नता,२०३७ मा ने.वि.संघको सदस्य,२०४१ सालमा कैलाली बहुमुखी क्याम्पस स्व.वि.यु.उपसभापति, २०४२ फागुन पछि स्व.वि.यु. सभापति,निर्दलीय पञ्चायत विरुद्ध नेपाली काँग्रेसद्धारा संञ्चालीत २०४२ सालको सत्याग्रहमा ४ महिना भन्दा बढी कारागारमा नजरबन्द ।२०४६ सालको जनआन्दोलनमा कठोर यातना सहित अछाम प्रहरी हिरासतमा १६ दिन । विद्यार्थि राजनीतिमा सक्रिय हुँदा कैलालीमा ४ पटक हिरासतमा,२०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता,२०४८ साल जि.का.स सदस्य, पार्टीको ९औ महाधिवेशन देखि १४ औ महाधिवेशन सम्म निरन्तर महासमिति सदस्य २०५४ सालमा जि.वि.स.सदस्य २०६३ देखि २०६७ सम्म नेपाली कांग्रेस अछाम जिल्ला पार्टी सभापति १४औ महाधिवेशन मा ने.का. सु.प.प्रदेश महामन्त्री २०७९ मंसिर ४ को निर्वाचन अछाम -१(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित।

विगतको पेशा /अनुभव/योगदान  

 २०३९ मंसिर देखि २०४० कार्तिक सम्म करिव १० महिना शिक्षण पेशा, २०५४ साल देखि २०५९ साल सम्म अछामको जि.वि.स सदस्य (२०५८-२०७१) साल सम्म ग्रामिण परिर्वतनका लागि नविन समाज संस्थाको अध्यक्ष, विभिन्न धार्मिक तथा सामाजिक संस्थामा सल्लाहकार सदस्य, त्रिपुरासुन्दरी क्यामपस व्यवस्थापन समितिको संस्थापक सदस्य ।

नेतृत्वमा रहँदा योगदान गर्न चाहेको मुख्य क्षेत्र र रुचि

समग्र प्रदेशको कृषि,पर्यटन,विद्युत र भौतिक पूर्वाधारको विकास, आफ्नो निर्वाचन क्षेत्रको सडक सञ्जाल विस्तार र स्तरोन्नती, गुणस्तरिय शिक्षा,स्वास्थ्य सुधार, वुढीगंगा नदि नियन्त्रण, कृषिमा आधुनिकिकरण र व्यावसायीकरण, सबैको पहुचमा स्वच्छ खानेपानी र सिचाई

जनताले कुन रुपमा चिनुन भन्ने चाहना छ ?

-          इमानदार,कर्मयोगी ,विकासप्रेमी र असल राजनीतिज्ञ ।

प्रदेश सभा सदस्यको रुपमा वर्षीय कार्यकालको लक्ष्य

-          सडक संञ्जाल विस्तारमा जोड

-          रोजगारी सृजनामा जोड

-          गुणस्थरिय शिक्षा र सबैको पहुचमा स्वास्थ्य पहिलो प्राथमिकता

-          बुढीगंगा नदिमा दिगो नदि नियन्त्रण

-          धार्मिक तथा पर्यटन प्रर्वद्धनमा जोड



© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain